बीरगंज
सरकारले संविधान दिवसको अवसरमा वीरगंजका वरिष्ठ उद्योगपतिदेखि निजीक्षेत्रका अग्रणी संस्थाका अगुवासमेतलाई पदक प्रदान गरेको छ । वीरगंजलाई आधार बनाएर उद्योग व्यापारका आयामहरुमा सक्रिय उद्यमी व्यापारीहरु राज्यबाट सम्मानित भएका हुन् । संविधान दिवसमा घोषणा भएका यी पदक आउंदो नयां वर्ष अर्थात बैशाख १ गते राष्ट्रपतिबाट बितरण हुनेछ ।

यी हुन् पदक पाउने उद्यमीहरु
वरिष्ठ उद्यमी मुरलीधर रुंगटा ः मुरलीधर रुंगटालाई सुप्रवल जनसेवाश्री पदक दिएको छ । वीरगंजलाई आधार बनाएर उद्योग व्यापारको क्षेत्रमा सक्रिय उद्योगी रुंगटा सामाजिक सेवाको क्षेत्रमा पनि उत्तिनै अग्रणी भूमिकामा छन् ।
उद्योग, व्यापार र समाज सेवाको क्षेत्रमा उल्लेख्य योगदान गरेका ८५ वर्षीय उद्योगी रुंगटा औद्योगिक तथा व्यापारिक समूह रुंगटा ग्रुपमा अध्यक्ष हुन् । वाल्यकालदेखि नै उद्योग व्यापारमा लागेका उनको नेतृत्वमा अहिले एक दर्जनभन्दा बढी औद्योगिक र व्यापारिक प्रतिष्ठान सञ्चालनमा छन् ।

रुंगटा अध्यक्ष रहेको रुंगटा वेलफेयर सोसाइटीले शिक्षा, स्वास्थ्यको क्षेत्र र विपत्तिहरुमा उदाहरणीय मानवीय सहायताका सामाजिक काम गर्दैआएको छ । रुंगटाकै नेतृत्वमा रहेको मारवाडी सेवा ट्रस्टले पनि समाजिक सेवामूलक गतिबिधिहरु गर्दै आएको छ ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ता ः वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ता संविधान दिवसको अवसरमा विभूषित भए । उद्योग व्यापारको क्षेत्रमा विशिष्ठ योगदान पुयाएकोमा डा. गुप्तालाई प्रवल जनसेवाश्री पदक दिइएको हो । गुप्ता लामो समयदेखि उद्योग व्यापार क्षेत्रमा सक्रिय रहनुका अलावा निजीक्षेत्रको नेतृत्वदायि भूमिकामा छन् ।

उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य, महासंघ बैंक तथा इन्सुरेन्स समितिको सहसंयोजक र नेपाल चामल, दाल तेल उद्योग संघको केन्द्रीय अध्यक्ष पनि रहेका छन् । उद्योग व्यापार र निजीक्षेत्रको संस्थागत विकासमा उनको योगदान रहंदै आएको छ ।

उद्योगी अशोककुमार वैद ः संविधान दिवसको अवसरमा वीरगंजका उद्योगी अशोककुमार वैदलाई प्रवल जनसेवाश्री पदक दिइएको छ । वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वैदलाई सरकारले सो पदक प्रदान गर्ने निर्णय गरेको हो ।

उद्योग व्यापार र निजीक्षेत्रको नेतृत्वमा रहेर योगदान पु¥याएकोमा उनलाई पदक दिइएको हो । उद्योगी वैद अहिले नेपाल भारत सहयोग मञ्चको अध्यक्ष र वीरगंज महानगरको सदुभावदूत रहेका छन् । उनले वीरगंजको विकासमार्फत समग्र अर्थतन्त्रको उत्थानका लागि निरन्तर सक्रियता देखाउंदै आएका छन् ।

Leave a Reply