कम्यूनिष्टहरु निरंकुश हुन्छन् र त्यसमा पनि नेपालका कम्यूनिष्टहरु चीनबाट प्रभावित हुन्छन् अनि विशेषतः ज्येष्ठ नागरिकहरुप्रति अनुदार हुन्छन् भनेर गरिएको प्रचारलाई एमालेमा पूर्वअध्यक्ष मनमोहन अधिकारीले सिधै उल्टो सावित गरिदिनुभएको थियो ।

अथवा यो सबै गलत कुरा हो र कम्यूनिष्टहरु सरकारमा नआउन् भनेर काँग्रेस लगायतले गरेको नियोजित प्रचार थियो भन्ने कुरा अधिकारीले तीन दशक अगाडि नै स्पष्ट पारिदिनुभयो । आजै यही एमाले भन्ने पार्टी यो देशको भोटका आधारमा ठूलो पार्टी पनि छ र सरकारको नेतृत्व गरिरहेको छ ।

 

मनमोहनदेखि केपी ओलीसम्म आइपुग्दा एमाले कति रुपान्तरण भयो भन्ने कुरा त समयले नै देखाइ सकेको छ । यद्यपि कम्यूनिष्टहरु स्वभावत :  निरंकुश नै हुन्छन् भन्ने कुरा एमालेले बेला बेलामा देखाउने गरेको छ । हुन त नेपालका अन्य कम्यूनिष्ट भनिएका पार्टीहरुमा पनि यो कुरा लागू ह्ुन्छ नै तर एमाले ठूलो पार्टी भएकाले उसको बढी चर्चा हुनु स्वभाविक पनि होला ।

एमालेको विधान अधिवेशन लगभग सकिएको छ भनौं । विधान त पार्टीका लागि बन्ने कानुन भयो तर एमालेमा हालका अध्यक्ष केपी ओलीभन्दा दायँबायाँ विधान गएको छैन । लैजाने प्रयास पनि भएन ।
छिमेकी देश चीनमा यस्तै अभ्यास छ । एक व्यक्ति सर्वोपरि । सायद त्यहाँ एउटै कम्यूनिष्ट पार्टी छ र जनतामा बढी लोकप्रिय पनि छ । तर यहाँ दर्जनौं कम्यूष्टि पार्टी छन तर लोकप्रिय कोही पनि छैनन् । आफ्नै पारामा चल्छन् अनि कम्युनिजमको कुरा गर्दछन् ।

Leave a Reply