काठमाडौँ, २३ भदौं : जेनजी आन्दोलन उग्र बनेपछि राजधानीको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । सुरक्षालाई कडा बनाउन सेना समेत परिचालन गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म कर्फ्यु लागू हुने छ । आदेशअनुसार नयाँ बानेश्वर चोक वरपरका विभिन्न क्षेत्र — पश्चिमतर्फ एभरेस्ट होटल हुँदै बिजुली बजार, पूर्वतर्फ मिन भवन–शान्तिनगर हुँदै तीनकुने, उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य मावि, तथा दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु लागू हुनेछ ।

Leave a Reply