बिदुर खडका
डुमरवाना,नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ को वडा अधिवेशन सोमबार रजघट्टामा सम्पन्न भएको छ ।
अधिवेशनले यमनाथ ढकालको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी र रुद्रप्रसाद शर्माको अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा तेजनारायण चौधरी सचिवमा चोलानाथ आचार्य रहनु भएको छ । अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सहइन्चार्ज अच्युत मैनाली, प्रदेश नम्बर २ की अध्यक्ष ज्वालाकुमारी साह, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री पुरुषेत्तम पौडेल, नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरी, नेकपा एमालेका नेता पलटप्रसाद चौधरी, किशोर शर्मा, मनोज पौडेल, राधेश्याम शिवाकोटी, लक्ष्मी नेपाली, चैयन गुरुङ, झपेन्द्र बराललगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य अमृत शर्मा, सीता सुवेदी, जिल्ला सदस्यहरु ईश्वर ढकाल, अनिल मैनाली, अमृतलाल श्रेष्ठ, तारा कार्की, भोला अधिकारी, कमला घिमिरे, भरत घलेलगायतको सहभागिता रहेको थियो ।
यमनाथ ढकालको सभापतित्वमा भएको सो कार्यक्रमको चोलानाथ आचार्यको सहजीकरण र रुद्र न्यौपानले स्वागत गर्नु भएको थियो । सो अवसरमा माओवादी केन्द्र परित्याग गरी आधा दर्जन कार्यकर्ता नेकपा एमालेमा प्रवेस गरेका छन ।