काठमाडौँ, – नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।
प्रदेश सरकारमा सहभागी एमालेका चार जना मन्त्रीले शुक्रबार राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् ।
एमालेले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा बुझाएका छन् ।
एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसमेत बुझाएका छन् ।
एमालेले नयाँ सरकार गठनको कसरत अघि बढाउने उद्देश्यले सरकारबाट समर्थन फिर्ता लिएको जनाएको छ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा नेपाली कम्युनिस्ट पार्टीसमेत सहभागी छ ।















