निजगढ,निजगढ नगरपालिकामा २ साताअघिबाट शुरु भएको राष्ट्रिय परिचयपत्र निर्माण सम्बन्धि सेवामा शुक्रवारसम्म ५३२ जना सर्वसाधारण सेवाग्राहीले फोटो खिचाएका छन ।
परिचय पत्रको लागि दैनिक ५० जनासम्मको फारम रुजु गरेर फोटो खिचाउने भनिएको भएपनि २ सातामा जम्मा १३२ जनाले मात्रै सेवा पाएका हुन । इन्टरनेट सम्बन्धि समस्या र पर्याप्त जनशक्तिको अभावमा लक्ष्यअनुसार सेवा प्रदान गर्न नसकिएको अपरेटर विवेककुमार केशरीले बताउनुभयो । उहाँका अनुसार साइबलमा समस्या आएकोले हिजो १७ जनाको मात्रै फोटो खिचिएको थियो ।
निजगढ नगरपालिकाकाले वडाहरुको लागि छुट्टाछुट्टै दिन तोकेर पालैपालो सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।नगरपालकाले वडा नम्बर १, २, ३, १०, ११, १२ र १३ का सेवाग्राहीहरुको लागि आइतवार, सोमवार र मंगलवारको लागि पालो तोकेको हो भने वडा नम्बर ४, ५, ६, ७, ८ र ९ का सेवाग्राहीहरुलाई हरेक हप्ताको बुधवार, बिहीवार र शुक्रवार सेवा प्रदान गर्दैआएको छ ।
जिल्ला प्रशासन कार्यालय कलैयाले प्राविधिक विकेशकुमार केशरीलाई खटाएपछि निजगढ नगरपालिका कार्यालयले गत असार २० गतेबाट राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा शुरु गरेको हो ।


















