वीरगन्ज,शिखर इन्स्योरेन्सको १८ औं वाषिर्कोत्सवको अवसरमा आइतवार वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

रक्तदान कार्यक्रम शिखर इन्स्योरेन्सको वीरगन्ज मधेस प्रदेश प्रमुख सुरेसचन्द गुप्ताको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथिमा इन्स्योरेन्सका महाप्रबन्धक पुष्कर महत रहनुभएको थियो ।

चाडपर्वको कारण हाल रक्तदान कार्यक्रम न्युन भएकोले रक्तसञ्चार केन्द्रको समन्वयमा इन्स्योरेन्सद्वारा वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा १ महिलासहित ५३ जना रक्तदाताले रगत दान गरेका थिए । रक्तदातालाई कार्यक्रमका अतिथि नितेस दास, काजल ढुङेल, चन्दन श्रीवास्तव लगायतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा श्रीराम पटेल, ब्रीजेस यादव, पवल साह तेली, चन्दन श्रीवास्तव, मुकेस गिरी, रोशनी कर्ण, सानू बैठा, राजेसकुमार सहनीलगायत पन्टर ११ क्रीकेट टिम, बीमा प्राधिकरणका कर्मचारी र अन्य बैक तथा इन्स्योरेन्सका कर्मचारीहरुले रगत दान गरेका थिए । कार्यक्रममा रक्तसञ्चार केन्द्रबाट सौरभराज पाण्डेयको टोलीले प्राविधिक सहयोग गरेको रेडक्रस वीरगन्जका राजन श्रीवास्तवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here