पुष्पराज खतिवडा
मन्हर्वा – प्रदेश २ सरकारले कलैया अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निणर्य गरेसँगै यसको विरोध सुरु भयो । जिल्लाको एकमात्र सरकारी अस्पताललाई नै कोरोना अस्पताल बनाउँदा अन्य रोगका विरामीको नियमित सेवा प्रभावित हुने भन्दै सरकारी निर्णयको चर्को विरोध भएको हो ।
स्थानिय राजनैतिक दल, जनप्रतिनीधि र नागरिक तहबाट समेत विरोध हुँदाहुँदैको अवस्थामा दुईसाता अघि प्रदेश २ सरकारले कलैयालाई नै कोराना अस्पताल बनाउने निर्णय ग¥यो । सरकारले नागरिकको आग्रह लत्याउँदै एकलौटी निर्णय गरेपछी यहाँका राजनैतिक दल, जनप्रतिनीधि र नागरिक आक्रोशित बनेका छन् ।
यही आक्रोशका विच जनप्रतिनीधिहरु, दलका प्रतिनीधि र स्थानिय सरकारको सक्रियतामा कलैया अस्पतालबाट छुट्टै स्थानमा कोराना अस्पताल बनाउने पहल सुरु भएको छ ।
कलैया अस्पतालबाट छुट्टै स्थानमा कोरोना उपचारको विकल्प तयार गरी प्रदेश सरकारलाई आफ्नो निर्णय सच्याउन दवाव दिने काम भैरहेको प्रदेशसभा सदस्य पारस साहले जानकारी दिए ।
दवावसँगै विकल्प समेत प्रस्तुत गरेकाछौं । जिल्लामा कोरोनाका विरामी बढि रहेका छन् । यो विषय थप पेचिलो बनेको छ । यस्तो अवस्थामा जिल्लाको वस्तुस्थीति अनुसार काम गर्नु पर्ने जनदवाव रहेकाले विकल्पको खोजी सुरु भएकोे उनले बताए ।
यसै सन्दर्भमा आईतबार प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितको अध्यक्षतामा बसेको विपद् ब्यवस्थापन समितीको बैठकले कलैया अस्पतालको विकल्प अघि सारेको छ ।
समितिले कोरोना अस्पतालका लागि कलैया अस्पतालको विकल्पमा कलैया उपमहानगरपालिका–३, गंगापुरमा रहेको प्रादेशिक शैक्षिक तालिम केन्द्रलाई तत्काल प्रयोग गर्ने उपाय निकालेको छ । यसका साथै लामो समय देखी प्रयोग विहिन रहेको कलैया– ५ मा अवस्थीत नारायणी सिंचाई कार्यालय परिषरलाई समेत रोजेको प्रदेश सभासदस्य साहले जानकारी दिए ।
विपद् ब्यवस्थापन समितीको निर्णय अनुसार तत्काल आवश्यक ब्यवस्थापन गरी शैक्षिक तालिम केन्द्रमा कोरोना अस्पताल संचालन गर्ने प्रकृया सुरु भएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले जानकारी दिए । सोका लागि सोमबार तालिम केन्द्र तथा सिंचाई कार्यालय परिषरको अनुगमन समेत गरिएको छ ।
शैक्षिक तालिम केन्द्रमा कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि ४० देखि ५० आइसोलेसन बेड निर्माण गर्ने गरी प्रकृया अघि बढेको प्रमुख जिल्ला अधिकारी पंडितले जानकारी दिए । आईतबार बसेको विपद् ब्यवस्थापन समितीको बैठकबाट कोरोना संक्रमण जोखिम ब्यवस्थापनका लागि दुई वटा स्थानलाई छनौट गरी काम सुरु गर्ने निर्णय भएको थियो । सोही अनुसार कलैया अस्पतालको विकल्पमा शैक्षिक तालिम केन्द्रमा तत्काल कोरोना अस्पताल संचालनमा ल्याउने गरी प्रकृया अघि बढेको पंडितले बताए ।
जिल्लाबाट निर्वाचित प्रदेश सांसद, शुरक्षा प्रमुख, नागरिक अगुवा, तथा विभिन्न दलका नेतता समेतको सहभागितामा वैठक बसेको थियो । बैठकले तत्कालका लागि तालिम केन्द्रलाई कोरोना विशेष अस्थायी अस्पताल बनाई क्रमश कलैया ५ मा रहेको नारायणी सिचाई कार्यालय परिसरमा दिर्घकालिन रुपमा अस्पताल संचालन गर्ने निर्णय गरेका हो । सिंचाई कार्यालयलाई कोरोना अस्पतालका रुपमा निर्माण गर्न करिब ८० लाखको लागतका अनुमान गरी दुई महिना भित्र भवन निर्माण गरि सक्ने उल्लेख गरिएको छ ।
तालिम केन्द्रमा हाल लाग्ने सबै खर्च र सिंचाई कार्यालयमा यसपछी लाग्ने कुल खर्चको आधा रकम कलैया उपमहानगरपालिकाले व्यवस्था गर्ने र बाँकी रकम प्रदेशसभा सदस्य साहले संसदिय विकास कोषबाट ब्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकमा प्रदेश सभा सदस्य पारस साह, ज्वाल कुमारी साह, महम्द समिर, कलैया उपमहानगरपालिका प्रमुख राजेशराय यादव, जनता समाजवादी पार्टीका नेता प्रमोद गुप्ता, नेकपाका धुरी साह, बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, प्रहरी उपरिक्षक कृष्ण पंगेनी, बारा उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद साह लगाएतको सहभागीता थियो ।