रौतहट । विगत लामो समयदेखी विद्युतको महसुल तिर्न सदरमुकाम गौर धाउनुपर्ने समस्याको अन्त्य गर्न दुर्गा भगवति गाउँ पालिकालले चासो देखाउन थालेको छ ।

स्थानीय निर्वाचनको क्रममा जनतासमक्ष गरेको वाचा पुरा गर्ने उदेश्यले विद्युत महशुल तिर्न गौर धाउनु पर्ने समस्याको अन्त्य गर्न चासो देखाउन थालेको हो ।

दुर्गा भगवति गाउँ पालिकाका अध्यक्ष सहितको टोलीले शनिवार विदाको दिनलाई पनी सदुपयोग गर्दे नेपाल विद्युत प्राधिकरण गौर शाखालाई गाउँमै विद्युत महशुल काउन्टर स्थापना गर्न आग्रह गरेका छन् ।

गाउँमा हालसम्म विद्युत महशुल काउण्टर नभएको कारण स्थानीय बासिन्दाहरु १२ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरण गौरमै आएर महशुल बुझाउँदै आएका थिए । घरबाट खाना खाएर बिहान १० बजे महशुल बुझाउन गौर आउँदा त कहिलेकाँही दिनभरी लाइन बसेर बुझाउने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

हुने खाने तथा सम्पन्न व्यक्तिहरुले मोबाईल बैकिंग सेवाले गाउँबाटै बुझाउनछन तर गरिब र निमुखा जनताहरु एक दिनको काम नै छाडेर महशुल बुझाउन गौर आउने गरेको दुर्गा भगवति गाउँ पालिकाका अध्यक्ष शम्भु सिंहले बताउनुभयो ।
जनताको समस्या र पीडा बुझेर समस्या सामाधानका लागि गाउँमै विद्युत महशुल काउण्टरको स्थापना गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको बताउँहुँदै अध्यक्ष सिंहले प्राधिकरण पनि उक्त समस्यालाई गम्भीरताका साथ लिएको उँहाको भनाई थियो ।
नेपाल विद्युत प्राधिकरण गौर शाखाका प्रमुख विजय महतोले यो समस्याको सामाधानका लागि आवश्यक प्रक्रिया पुरा गरेर विभागबाट अनुमती लिई एक महिना भित्रै दुर्गा भगवति गाउँ पालिकामा विद्युत महशुल बुझाउने काण्टरको स्थापना गर्ने बताउनुभयो ।

प्रादेशिक अस्पताल गौरको व्यथा कायमै, मेसुलाई कारबाही गर्ने हिम्मत कसैमा छैन

Leave a Reply