हेटौंडा – पानी लिन जाँदा कुवामा डुबेर मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नं. १ भैसेदुरकी ३८ वर्षीया सन्चमाया बाइवा रहेको प्रहरीले जनाएको छ । उनी सोमबार (आज) घर नजिकै ८–९ फिट गहिरो कुवामा पानी लिन गएकी थिएन् । पानी लिन जाँदा कुवामा खसेकी उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।