नेपाल कृषिमा आश्रित देश हो भनिन्छ तर यहाँ बाहिरबाट अत्याधिक रुपमा धान तथा चामलहरुको आयात हुने गर्दछ । कृषिमा मात्रै होइन, नेपाल पशुपालनमा समेत अगाडि छ तर पशुपालक कृषकहरुको अवस्था जस्ताको त्यस्तै छ । विदेशबाट आएर युवाहरुले यो पेसामा समेत अपनाएको देखिन्छ तर उनीहरुलाई फाइदा कम भएको पनि देखिन्छ । युवा वर्गको रोजाइको पेसा पशुपालन भएपनि अझै यो आत्मनिर्भर हुन सकेको छैन ।बिचौलियाका कारण हरेक क्षेत्रमा नेपालका आम नागरिकहरु समस्यामा पर्ने गरेका छन । प्छिल्लो पटक बुधवार सरकारले दुधको मुल्य भारी बढाएको छ । दुधको मुल्य बढेकोमा कृषकहरु धेरै खुसी हुनु पर्ने छैन । उनीहरुले बढेको रकम खासै पाउने पनि होइनन बरु बिचौलियाको भने दिन आउनेछ । सरकार बिचौलियाहरुकै संरक्षणमा लागेको छ ।हुन त कृषिलाई व्यवस्थित बनाउनका लागि सरकारहरुले कृषकका सबै उत्पादनहरु खरिद गरेर आम नागरिकहरुलाई दिनुपर्ने हो तर नेपालमा हाल यो संभव छैन । यदि बिचौलियालाई फाइदा नगराउने हो भने कृषकका उत्पादनकहरु स्थानीय वा कुनैपनि सरकारले बढी रकममा लिएर नागरिकहरुलाई सस्तोमा दिनुपर्ने हो तर यो हुने कुरै आएन । त्यसैले अब फाइदा बिचौलियाहरुलाई नै हो ।

Leave a Reply