वीरगञ्ज,ऋण नतिरेकोभन्दै एकजना मिटरब्याजी साहुले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकामा एक गरिव परिवारको घर प्रहरीको सहयोगमा जबरजस्ति खाली गराएका छन ।वर्षौंअघि लिएको २ लाख रुपैयाँ ऋण नतिरेकोभन्दै गाउँपालिका–५ की लालमुनी खातुनको झिटीगुन्टा बाहिर निकालेर घर खाली गराइएको हो । खातुनले लिएको रकम ब्याजसहित ७ लाख पुगेपछि मिटरब्याजी साहुले प्रहरीको सहयोगमा अदालतको आदेश देखाएर खातुनको घर खाली गराएको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा लालमुनी खातुनको अवस्था दर्दनाक देखिएको छ। घरभित्रबाट लत्ताकपडा र खाद्यान्न निकालेर सडकमा छरपस्ट बनाइएको भिडियोको दृश्य हेर्दा राज्यको संवेदनशीलता र न्याय प्रणालीमा सर्वसाधारणको पहुँचप्रति गम्भीर प्रश्न उठेको छ।घरबाट निकालिएपछि खातुनको परिवार यतिबेला मानसिक र सामाजिक पीडामा पारेको छ ।स्थानीयवासी र सामाजिक अभियन्ताहरूले मिटरब्याज पीडितका पक्षमा न्याय सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले पीडितको पुनस्र्थापना तथा मिटरब्याजी साहुका विरुद्ध तत्काल छानबिन र कारबाही गर्न सम्बन्धित निकाय र स्थानीय सरकारसँग आग्रह गरेका छन्।

पीडित लालमुनी खातुनका श्रीमान भारतको मुम्बईमा श्रमिकका रूपमा कार्यरत छन्। श्रीमान विदेशमा रहेका बेला परिवारलाई जानकारी नदिई स्थानीय साहुले अदालतको आदेशको नाममा जबरजस्ती घर खाली गराएका हुन्। सौजन्य तस्बिर

Leave a Reply