नरेश गुप्ता

बरियारपुर,राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एशोसियसनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले नेपालमा प्राइभेट स्कुल कहिल्यै बन्द नहुने बताउनु भएको छ ।

नेशनल प्याब्सन बाराको ७ औं जिल्ला अधिबेशनको शुक्रवार उद्धाटन समारोहमा बोल्दै उहाँले निजी विद्यालयप्रतिको गलत दृष्टिकोण परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

नेपाल सरकारको शिक्षा नीति नै विभेदकारी रहेको आरोप लगाउदै सापकोटाले अब निर्माण हुने शिक्षा नितिको ड्राफ्ट पहिला निजी विद्यालयलाई देखाउनु पर्ने भनेर शिक्षामन्त्री देवेन्द्र पौडेललाई समेत जानकारी गराइएको बताउनुभयो । सरकारले ल्याएको शिक्षा नीतिमा निजी विद्यालय गुठीमा दर्ता गर्नुपर्ने अडानको नेशनल प्याब्सनले काठमाडौमा विरोध गरेको पनि उहाँले बताउनुभयो ।

निजी विद्यालयले राष्ट्र निर्माण तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अहम भूमिका खेलेको बताउदै शिक्षा नीतिमा निजी विद्यालयका समस्या र चुनौतिलाई समेत शंवोधन हुने गरी आउनु पर्नेमा जोड दिनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै नेशनल प्याब्सनका केन्द्रीय पूर्वअध्यक्ष करण शाहीले निजी विद्यालयलाई हेर्ने सरकारको गिद्वे नजरमा परिवर्तन हुनु पर्ने बताउनुभयो । सामुदायिक विद्यालयमा जस्तो सेवा सुविधाबाट निजी विद्यालयका विद्यार्थीहरुलाई बन्चित गर्नु विभेद र अन्यायपूर्ण कार्य भएको भएको बताउनुभयो । निजी विद्यालयले बेरोजगारी समस्या समाधान गरेको कुराप्रति सरकारले नसोचेर शिक्षा नीति नै परिमार्जन गर्न खोजेकोले त्यसको बिरोध गर्नु परेको उहाँले बताउनु भयो ।

एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव राजु पाण्डे, पूर्वसचिव चन्द्रीका गुप्ता, पूर्वउपाध्यक्ष बजेन्द्र मिश्र, एन प्याब्सन पर्सा जिल्ला अध्यक्ष रामबिनेश चौरसिया, नेपाल शिक्षक संघ बाराका अध्यक्ष परमहंस यादव, कलैया उपमहानगरपालिका शिक्षा शाखा प्रमुख प्रहलाद बर्णवाललगायतले एन प्याब्सनको ७ औं बारा जिल्ला अधिबेशन सफलताको लागि शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा नेशनल प्याब्सन बारामा आवद्ध विद्यालयका संस्थापकहरु, अभिभावक र संचारकर्मीलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको संचालन नेशनल प्याब्सन बाराका सहसचिव वसन्त घिमिरेले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here