निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर ५ शिखरबस्तिमा आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञमा आइतवार छैठौं दिनसम्ममा ७ लाख ६६ हजार ४ सय २६ रुपैया दान रकम संकलन भएको छ ।
गाउँमा बालपार्क, सत्संग भवन र सत्यश्वर महादेब मन्दिर निर्माणको लागि भनेर आयोजना गरिएको सो सप्ताहा ज्ञान महायज्ञमा स्थानीय दाताहरुले सो गच्छेअनुसारको रकम दान गरेका हुन । यज्ञमा हालसम्म सबैभन्दा बढी स्थानीय दननाथप्रसाद पुडासैनीले १ लाख ११ हजार १११ रुपैया दान गर्नु भएको छ । त्यसैगरी यज्ञमा भक्तबहादुर थापा ५५ हजार ५ सय ५५, गंगाप्रसाद गौतम ५१ हजार १ सय १५१, अम्बिका चौलागाईले ५१ हजार रकम दान गर्नुभएको छ । त्यसैगरी विष्णु सुवेदीले १० किलोग्रामको घण्टा पनि दान गर्नु भएको महायज्ञ आयोजनक समितिका अध्यक्ष खिलप्रसाद पुडासैनीले जानकारी दिनुभयो । पुडासैनीका अनुसार मंगलवार दिउसो महायज्ञको समापन गरिने छ ।