निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ मा मुख्य कार्यालय रहेको बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले अबदेखि आफ्नो उत्पादनमा ‘बागदेव डेरी’ ब्राण्ड प्रयोग गर्न पाउने भएको छ ।३ वर्षअघिदेखि बाणिज्य विभागसंग माग गर्दै आएको डेरी उद्योगले हालै मात्र ब्राण्ड पाएको हो । उद्योग तथा बाणिज्य मन्त्रालयको बाणिज्य विभागले गत भाद्र २७ गतेको निर्णय अनुसार ट्रेडमार्क दर्ता प्रमाण पत्र दिएको र अब बागदेव डेरीले आफ्ना उत्पादनमा ब्राण्ड प्रयोग गर्न पाउने बागदेव डेरीका व्यवस्थापक सौरभ अधिकारीले बताउनुभयो । उहाँले डेरी उद्योगले आवश्यक प्रक्रिया पुरा गरेपछि ट्रेडमार्क प्राप्त गरेको र यसबाट संस्थाको उत्पादन निजगढ बाहिरको बजारमा पुर्याएर बिक्री गर्न सहज हुने पनि प्रबन्धक अधिकारीले जानकारी दिनुभयो ।

बागदेव डेरीले निजगढका १३ संकलन केन्द्रमार्फत दैनिक ८ हजार ५ सय लिटर दुध संकलन गर्नेगरेको छ । सो मध्ये करिव १ हजार लिटर दुधको प्रयोग गरेर निजगढ ६ स्थित आफ्नै उद्योगबाट दुध, दही, पनिर, खोवा, घिउ र नौनी जस्ता खाद्य पदार्थको उत्पादन गर्ने गर्दैआएको छ ।संस्थाले चाढै नै ट्रेडमार्क अन्कित प्याकेट र डिब्बा प्रचलनमा ल्याउने र बजारमा पठाउने तयारी गरेको बताइएको छ । विभागका अनुसार संस्थाले आफ्नो प्रस्तावित चिन्ह भएको उत्पादन १ वर्षभित्र प्रचलनमा ल्याइसक्नुपर्ने हुन्छ ।

Leave a Reply