सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको १२औं नगरसभाको दोस्रो बैठक पनि स्थगित भएको छ ।प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले मंगलवार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि यसअघि आगामी असार महीनाको १८ गतेको लागि तोकिएको नगरसभा स्थगित गरिएको जनाउनुभएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा संचालन नियमावली, २०७५ को नियम ३ को उपनियम (६) बमोजिम मिति २०८२ साल असार १८ गतेका लागि बोलाइएको दोस्रो बैठक पनि स्थगित भएको सूचनामा उल्लेख गरिएको छ ।यसअघि असार ९ गतेका लागि बोलाइएको पहिलो बैठक शुरु भएलगत्तै स्थगित भएको थियो । नगरसभामा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम, बजेट, विधेयक कार्यपालिकाबाट पारित भएर नआएकाले पहिलो बैठक स्थगित भएको थियो । सभामा पेस हुने नीति तथा कार्यक्रम, बजेट र विधेयकबारेमा कार्यपालिका बैठकमा सहमति हुन नसकेपछि उपमहानगरपालिकाको नगर सभा यो वर्ष पनि अन्यौलमा परेको छ ।

Leave a Reply