राजन कुमार बानिया
पोखरिया,पर्साको छिपहरमाई गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ म ३३ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।गाउँपालिकाको उपाध्यक्ष लिलावती देबी र कानुन प्रतिनिधि किशोरी साह कानुले १६औं गाउँ सभामार्फत् बजेट प्रस्तुत गर्नुभएको हो ।सर्शत अनुदान अन्तर्गत १२ करोड ५५ लाख रुपैयाँ, वित्तीय समानिकरण १० करोड ६३ लाख २५ हजार रुपैयाँ, राजश्व बाडफाँड ७ करोड ५९ लाख ३० लाख ८ सय रुपैयाँ, आन्तिक आय १ करोड १० लाख रुपैयाँ, समपुरक ७० लाख रुपैयाँ, विशेष अनुदान १ करोड १५ लाख रुपैयाँ सहित ३३ करोड ७२ लाख ५५ लाख ८ सय रुपैयाँको बजेट पारित गरि प्रस्तुत गरिएको हो । बजेटमा विवाह, कन्यदान राशीलाई पहिलो प्राथमिकतामा राखिएको छ । साथै सभाले गाउँपालिकाको सबै वडाको योजना पारित गरेको छ ।बजेटमा छिपहरमाई गाउँपालिकाले बालिका स्वर्ण बीमा, विवाह कन्यादान राशी र सहयोग राशी, स्वच्छ सफा तथा हरित गाउँ लक्ष्य प्राप्तिको लागि वृक्षारोपन कार्यक्रमलगायतका कार्यक्रम रहेका छन् ।यस्तै छिपहरमाई उज्यालो विकास कार्यक्रम अन्तर्गत गाउँगाउँ र टोलटोल टावर लाईट, सोलार, पोल लाईटले उज्यालो बनाउने, समाजिक सुरक्षा अन्तर्गत गरिब असहायको साथमा गाउँपालिका अध्यक्षको हाथ लगायत कार्यक्रम पनि बजेटमा राखिएको छ ।वडा नम्बर. ४ को तुल्सीवर्वामा बर्थिग सेन्टर निर्माणको लागि बजेटमा विषेश प्राथमिकतामा राखिएको छ । साथै शिक्षा, स्वास्थ्य कृषि, सिँचाई, विपद व्यवस्थापन, युवा रोजगार, भौतिक पूर्वधार, पर्यटन प्रवद्र्धन, उज्यालो छिपहरमाई लगायतमा जोड दिएको गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।बालिका स्वर्ण बीमा ल्याउने छिपहरमाई गाउँपालिका नेपालकै पहिलो भएको अध्यक्ष गुप्ताको दाबी छ । छोरी जन्मने बितिकै छोरीहरुलाई बोझको रुपमा लिने गरेको कारण गाउँपालिकाबाट दुई लाख रुपैयाँको बीमा दिने गरिएकोमा उक्त रकम २० वर्षपछि उच्च शिक्षा र विवाहमा उपयोग हुने उहाँको विश्वास छ ।छिपहरमाई गाउँपालिकाको विकासमा स्थानीय जनसमुदाय, जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगका कारण विकासले गति लिएकोमा सबै जनालाई उहाँले धन्यवाद समेत दिनुभयो ।अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा भएको सो गाउँ सभामा पत्रकार लालबाबु बानियालाई सम्मानित गरिएको थियो । गाउँ सभामा गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानु, प्रमुख प्रसाशकीय अधिकृत सिकेन्द्र साह, समाजसेवी किशोरी साह कानु, वडा अध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार, दिपेन्द्रकुमार सिंह, रामेश्वरप्रसाद महतो, मौजिलाल साह कानु, कार्यपालिका सदस्य बलिस्टर साह, नरेश साह कलवार लगायतले गाउँसभाका शुभकामना मन्तव्य दिनुभएको थियो ।



















