निजगढ,एसईई परीक्षा २०८१ मा सामुदायिक विद्यालयतर्फ बारा जिल्लाकै सर्वाधिक ३.९१ जीपीए हासिल गर्न सफल भएका हिमान्सु घिमिरेलाई निजगढ–८ का वडा अध्यक्ष स्वर्ण लामाले सम्मान गर्नुभएको छ । घिमिरे निजगढ–८ स्थित बकैया ठाकुर माध्यमिक विद्यालयका विद्यार्थी हुन्।शैक्षिक क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शनप्रति कदर गर्दै अध्यक्ष लामाले घिमिरेलाई माला र खादा ओढाएर सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले घिमिरेको सफलताले निजगढ नगरपालिकाबासी सबैलाई गौरान्वित तुल्याएको बताउनुभयो । उहाँले घिमिरेप्रति थप र निरन्तरत सफलताको लागि कामनासमेत गर्नुभएको थियो ।

सो अवसरमा वडा अध्यक्ष लामाले विद्यालयबाट एसईई परीक्षा उतीर्ण गर्ने विद्यार्थीहरूलाई समेत बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राकोसफलताको लागि शुभकामना पनि व्यक्त गर्नुभयो ।पहिलो पटक एसईईमा सहभागी बकैया ठाकुर माविबाट यस वर्षको ३ जना एप्लससहित १६ जना विद्यार्थी उर्तीण भएका छन ।

Leave a Reply