जनकपुरधाम,मधेस प्रदेश सरकारले १८ माघमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले बिहीबार विज्ञप्ती जारी गर्दै १८ माघमा सार्वजनिक बिदा दिने निर्णयबारे जानकारी गराउनुभएको छ ।
१६ मंसिरको मन्त्रिपरिषद् निर्णयानुसार १८ माघमा सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।मधेस प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरूप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमा छ ।

Leave a Reply