कलैया,जिल्ला प्रहरी कार्यालय बाराले २१ केजी लागू औषध गाँजासहित मकवानपुरका २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको साविक छतिवन गाउँपालिका ४ बस्ने बुद्धिमान गोलेको छोरा वर्ष १३ को सुरेन्द्र गोल र राक्सिराङ गाउँपालिका ७ बस्ने प्रकाश गुरूङको छोरा वर्ष १७ को सलमान गुरूङलाई पथलैयाबाट स्कुटीमा राखेर ल्याउदै गरेको गाँजासहित नियन्त्रणमा लिएको हो ।प्रहरी चौकी पथलैयाबाट प्रहरी बरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ५७६४ नम्बरको स्कुटीमा शंका लागि रोकी चेकजाँच गरेको थियो । सो क्रममा स्कुटीको अगाडिपट्टी खुट्टा राख्ने खाली भागमा २ वटा कालो प्लाष्टिकले बेरिइएको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको २१ केजी लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरक्षक सुरेशराज भट्टले जानकारी दिनुभयो ।

 

Leave a Reply