राजनीतिमा पुराना पुस्तामात्रै हाबी भएको भनेर नेपालमा धेरै आलोचना हुने गर्दछ । नेपाली काँग्रैसको महाधिवेशनको सवालमा अझै यो कुरा बढी पुष्टी भएको भनेर धेरै टिकाटिप्पणी पनि भएका थिए । सभापतिको उम्मेदवारको सवालमा भने चर्को बहस नै भएको छ । अझै पुस्तान्तरणको कुरा गर्नेहरु सभापति शेरबहादुर देउवामा बिलय भएपछि भने यो बहस झन् बढी चर्किएको हो ।

तर, कांग्रेसको महाधिवेशनमा सभापतिको सवालमा बिभिन्न टिकाटिप्पणी भएपनि फेरि कांगेसका धेरैले युवालाई नै मन पराएको कुरा महामन्त्रीको बिजयले स्वतः स्पष्ट बनाएको छ । महामन्त्रीमा भने देउवाले भनेका वा देउवासंगै रहेकाहरुको भने पराजयले पनि यो कुराको पुष्टि गर्दछ । देउवाले जिते तर उनकाले जितेनन् ।

यो अर्थमा कांग्रेसीजनमा पनि युवालाई प्राथमिता दिनुपर्छ भन्ने सन्देश स्पष्ट देखिएको छ । अबको केही वर्षपछि वा अर्को महाधिवेशनपछि भने कांग्रेसको नेतृत्वमा युवा पुग्ने लक्षण देखिएको छ । आम कार्यकर्ता र नेताले विश्वास गरेपछि पुस्तान्तरण संभव छ भन्ने कुरा पनि महामन्त्रीमा बिजयी गगन थापा र बिश्वप्रकाश शर्माको जीतले स्पष्ट पारिदिएको छ । त्यसैगरी महासचिवमा पराजित भएपनि कांग्रेशका अर्का युवा नेता प्रदीप पौडेललाई पनि सम्मानजनक मत दिएर कांग्रेशीजनहरुले युवाप्रतिको मोह स्पष्ट देखाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here