वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी वरिष्ठ हवल्दार केशर अर्याललाई २०८३ साल कात्तिक महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित गरेको छ । विभागीय जिम्मेवारी इमानदारी, अनुशासन र लगनशीलताका साथ निर्वाह गरेको मूल्यांकन गर्दै उनलाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको कर्मचारी प्रशासन शाखाले तयार पारेको टिप्पणी आदेशअनुसार अर्याललाई प्रहरी नियमावली, २०७१ ९संशोधनसहित० को परिच्छेद १५, नियम ११७ को ९ख० बमोजिम अभिलेखमा जनिने गरी एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

हाल इलाका प्रहरी कार्यालय पोखरियामा दरबन्दी रहेका अर्याल जिल्ला प्रहरी कार्यालय पर्सामा हवल्दार मेजरका रूपमा कार्यरत छन् । उनले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै प्रहरी संगठनको छवि उच्च राख्न योगदान पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply