हुनत समय अनुसार नै सबै कुरा हुने हो । एक सय वर्षअगाडि असार पन्ध्रको महत्व थियो होला । ऊ बेलामा तराई मधेशमा समेत पन्ध्र असारसम्ममा रोपाइँ हुन्थ्यो होला । सबै नसकिए पनि आधा जसो त हुने थियो होला त्यही भएर पनि असार पन्ध्रलाई एक सांस्कृतिक पर्वको रुपमा मनाउन थालिएको होला भनौं ।समयसंगै अब असार पन्ध्र त रोपाइ शुरु हुने दिन समेत परेको छैन । जलवायु परिवर्तन लगायतका कारण होलान् यसको । जे भएपनि असार पन्ध्र अब वास्तविक कृषकका लागि रमझम छैन ।

सरकारी निकायका लागि मात्रै रमझम भएको छ । आइतवार तराई मधेशका सबै स्थानमा कुनै न कुनै हिसालले धान दिवस मनाइयो तर तराई मधेशमा वास्तविक रुपमा अझै रोपाइँ शुरु भएको छैन । मौसमले सबै हिसावले साथ पनि नदिएको होला अनि अन्य कारण पनि होलान् त्यो हिसावले असार पन्ध्रको रौनक कषकहरुमा कहाँ छ र खोइ ? केहीका कारण रमाइलो भएपनि कृषकका लागि असार पन्ध्र खास बनेको छैन ।यसो भन्दैमा असार पन्ध्रको संस्कृतिक महत्वलाई घटाउन त नसकिएला तैपनि यो दिवस अलि बढी कृषक मैत्री चैं हुन आवश्यक छ । कम्तीमा रोपाइँ नसकिए पनि शुरु चैं हुनुपर्दछ नै । त्यसो त मधेशमा साउन प्रन्धसम्म पनि रोपाइँ गर्दा केही बिग्रदैन तैपनि सरकारहरुले यसको महत्व बढाउनका लागि र मल र बिऊ लगायतमा पनि ध्यान दिन चैं आवश्यक पनि देखिन्छ ।

Leave a Reply