सिमरा,प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिले जीतपुरसिमरा नगर अस्पताललाई पंखा सहयोग गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको प्रगतिशिल सामुदायिक वन उपभोक्ता समिति औराहाले नगर अस्पताललाई ६ थान पंखा सहयोग गरेको हो ।वन समितिका अध्यक्ष कुमार त्रिपाठीले अस्पतालका प्रमुख डा. प्रकाशलाई पंखा हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख राजन पौडेल, अस्पताल सुधार अभियन्ता नारायणप्रसाद पण्डित लगायतको उपस्थिति रहेको थियो ।


















