निजगढ,निजगढ नगरपालिकाले प्रेरणा शारिरीक पुनस्र्थापना केन्द्र, लालबन्दी, सर्लाही संगको सहकार्यमा शनीवार आयोजना गरेको अपांगता भएका व्यक्तिहरुको शारीरिक परीक्षण तथा सहायक सामाग्री नापजाँच शिविरमा ३० जना लाभग्राहीले शारीरिक परीक्षण तथा सहायक सामग्री नापजाँच गराएका छन ।

परीक्षण गराएका मध्ये ८ जनालाई ह्विल चेयर, १ जनालाई शौचालय चियर, २ जनालाई वाकर, ४ जनालाई एएफओलगायत सामग्री आवश्यक देखिएको निजगढ नगरपालिकाकी सहायक महिला विकास निरिक्षक रोजी श्रेष्ठले जानकारी दिनुभयो । नापजाँच गरिएकाहरुलाई एक सातापछि सामग्री वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभएको छ ।शिविरमा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याल, वडा अध्यक्षहरु सुर्यबहादुर थापा, राजन श्रेष्ठ, सहइया गुरो, प्रहरी निरीक्षक जीवन लामिछाने, निजगढ नगरपालिका अपांगता परिचय पत्र वितरण समन्वय समिति सदस्यहरु बबिता श्रेष्ठ, बिक्रमराज लामा, मेडिकल अधिकृत डा.विकास लामा, स्वास्थ्य शाखा प्रमुख रमेश लामालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply