निजगढ,आफ्ना स्वर्गीय पिताको स्मृतिमा निजगढ ६ को एक दम्पतिले निजगढ सामुदायिक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।निजगढ वडा नम्बर ६ निवासी स्वर्गीय शिव भण्डारीको स्मृतिमा छोरा रवि भण्डारी र बुहारी सुष्मा बस्नेत भण्डारीले अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पताललाई बिरामी सुत्न प्रयोग गरिने १ थान बेड, १ थान ह्विल चियर, १ थान आइभि स्ट्याड सहयोग गरेका हुन ।त्यसैगरी सोही कार्यक्रममा प्रसुति गृह संचालक समितिकी उपाध्यक्ष एवंम निजगढ ७ निवासी समाजसेवी सावित्री देबी भारतीले पनि अस्पताललाई १७ थान एप्रोन सहयोग प्रदान गर्नुभएको छ ।

















