सिमरा,नेपाली काँग्रेसका नेता एवंम संविधान सभा सदस्य डा. शोभाकर पराजुलीले होली पर्वको अवसरमा एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।‘होली, फागु, फागुपूर्णे आदि नामले चिनिने उल्लास र उमंगको यो महान पर्वको पावन अवसरमा सबैमा मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ डा. पराजुलीले विज्ञप्तिमा भन्नुभएको छ । ‘यस अवसरमा हाम्रो जीवनलाई विनम्र शालीन, प्रेमिल, न्यायिक र सार्थक बनाउने प्रेरणा प्राप्त होस’ डा. पराजुलीले भन्नुभएको छ ।
होली पर्वले मानवबीच समान व्यवहारको सन्देश प्रवाह गर्ने प्रेरणा प्रदान गरोस भन्दै नेता डा. पराजुलीले सदभाव, मेलमिलाप, भाइचारा, प्रेमभाव बढाओस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ । ‘सबैमा शान्ति, सुस्वास्थ्य, समृद्धि र समुन्नतिका निमित्त हार्दिक मंगलमय शुभकामना’ डा. पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।नेपाली काँग्रेस केन्द्रीय पार्टी कार्यालयका पूर्वमुख्य सचिव एवं संसदीय दलका सचेतक रहनुभएका डा. पराजुली हाल बाराको जीतपुरसिमरा ४ स्थित नीजि निवास ‘समता सदन’ मा बस्दै आउनुभएको छ । साहित्य र लेखनमा व्यस्त रहने नेता पराजुली नेपाली राजनीतिमा बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ । डा. पराजुलीका आधा दर्जन बढी पुस्तक समेत प्रकाशित छन् ।


















