डुमरवाना,युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले शिक्षा प्रमाणपत्र प्राप्तिको लागि मात्रै नभएर जीवन उपयोगी हुनुपर्ने बताउनुभयो ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका– १४ रजघट्टास्थित जनता माध्यमिक विद्यालयले ४०औँ स्थापना दिवस तथा ४१औँ अभिभावक दिवसमा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्वमन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।

विद्यार्थीहरुको विदेश पलायनले देश बौद्धिक रूपमा कमजोर बन्दै गएको उल्लेख गर्दै स्वदेशमै सीप र ज्ञानको प्रयोग गर्न सके मात्र समृद्धि सम्भव हुने उहाँको भनाई थियो । “शिक्षा भागबन्डाको विषय होइन, जति उपयोग ग¥यो उती नै मूल्यवान् हुन्छ,” उहाँले भन्नुभयो ।

जीतपुरसिमरा वडा नम्बर १४ की वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चयन गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, विद्यालयका अभिभावक, शिक्षक–शिक्षिका तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रममा विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने तथा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कृत र दीर्घकालदेखि विद्यालयको उन्नतिमा योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

Leave a Reply