कलैया,आठ वर्षीय बालिकालाई जर्बजस्तिकरणी गरेको अभियोगमा बारा जिल्ला अदालतले पुर्पक्षको लागि एक जनालाई जेल चलान गर्ने आदेश दिएको छ ।

बारा जिल्ला अदालतको आदेशले बाराको प्रर्सौैनी गाउँपालिकामा भएको बलत्कार घटनामा पक्राउ परेका सात जनामध्ये एक जनालाई जेल, तीन जनालाई बाल सुधार गृहमा पठाइएको र तीन जनालाई अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवंम् प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी दिनुभएको हो ।

जेल चलान हुनेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ बस्ने बर्ष १९ को संदिपकुमार यादव रहेका छन् ।
करणी घटनामा संलग्न छ जना नाबालिक रहेका छन् । जेठ १३ गते राती बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित रामआशिष साहको मकै बारीमा आठ वर्षीया बालिकालाई सामुहिक करणी गरेको जाहेरीका आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको थियो ।

Leave a Reply