निजगढ,लायन्स क्लबले शनिवार निजगढ नगरपालिका ११ रतनपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन ।निजगढको लायन्स क्लब अफ निजगढ, लायन्स क्लब निजगढ पिस, लायन्स क्लब अफ निजगढ सिटी र लायन्स क्लब अफ निजगढ युथको आयोजना र माकुरा नेपाल निजगढको सहआयोजनामा रतनपुरको हुनमान चोकमा शनिवार बिहान ८ बजेदेखि ११ बजेसम्म भएको वृहत रक्तदान कार्यक्रममा १० महिलासहितले ६२ जनाले रक्तदान गरेको लायन्स क्लबका खडगराज मैनालीले जानकारी दिनुभयो ।रक्तदान जीवनदान भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गर्न गरिएको मैनालीको भनाइ छ । कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, लायन्स क्लबका डिस्टिक गर्भनर शभ्भुबहादुर थापालगायत क्लवका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।यसैबीच शनिवार निजगढका लायन्स क्लबका पदाधिकारी र निजगढ सामुदायिक अस्पताल (प्रसुति गृह) संचालक समितिका सदस्यहरुबीच अस्पतालको स्तोन्नति गर्ने बारेमा छलफल भएको छ । सामुदायिक अस्पताल निजगढमा भएको सो छलफलमा सामुदायिक अस्पतालको सेवा र सुविधालाई थप प्रभावकारी पार्ने बारेमा छलफल भएको अस्पताल संचालक समितिका अध्यक्ष माधव न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग र लायन्स क्लबका डिस्टिक गर्भनर शम्भुबहादुर थापालगायत लायन्स क्लबका पदाधिकारी र सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।