निजगढ,निजगढ नगरपालिकाको रतनपुरी क्षेत्रमा शनीवार बिहानदेखि दिनभरि नै विद्युत सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरण निजगढ उप–वितरण केन्द्रले निजगढ–रतपुर ११ के.भी. प्रशारण लाइनमुनिको जंगलमा झाडी सफाइको काम गर्न सो क्षेत्रमा बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म विद्युत अवरुद्ध गरेको हो ।
यसबाट निजगढ नगरपालिका वडा नम्बर १०,११,१२ र १३ नम्बर वडाको विद्युत सेवा प्रभावित भएको निजगढ उपवितरण केन्द्रका प्रमुख नरेन्द्र मण्डलले जानकारी दिनुभयो ।प्रमुख मण्डलका अनुसार जंगलको रुटबाट तानिएको ११ के.भी. प्रशारण लाईनमा रुख र झाडी बढेर नियमित विधुत प्रवाहामा समस्या देखिएपछि तारमा झरेका र बढेका रुखका हाँगा र लहरा सफाइको काम गर्न लागिएको हो । प्राधिकरणले उक्त क्षेत्रमा वर्षेनि झाडी सफाइको काम गर्दैआएको छ ।

















