कृष्ण मोहन साह

सेढवा – कोरोनाको महामारीको समयमा रक्सी बेचैको आरोपमा एक परिवारलाई समुदायले आगोपानी बन्द गरी गाँउबाट बहिष्कार गरेका छन् । जिराभवानी गाउपालिका वडा नं २ मा रहेका काठमाडौं टोलबासीले स्थानीय एक परिवारलाई आगोपानी बन्द गरेका छन् । नौ सदस्यहरु रहेको चोकट गुरोको परिवारले रक्सी बेचेको तथा पसलमै रक्सी सेवन गर्न दिइएको भन्दै बिहिबारदेखि समुदायले आगो पानी बन्द गरेका छन् ।

 

 

 

गाँउ भन्दा उतर तथा सब डिबिजन बन कार्यालय बसन्तपुरको कार्यालयदेखि दक्षिणी पिपलबोट संगै खाजा तथा रक्सी बिक्रि बितरण गरी परिवार चलाउने गुरोको पसललाई स्थानीय यूवाहरुले तोडफोड गरी बन्द गराएका हुन् । साथै गुरोको परिवारको सदस्यसंग कुनैपनि परिवारले आगोपानी नचल्ने सजाय दिएका छन् । साथै गुरोको परिवारसँग गाउका कुनै पनि व्यक्तिले कुराकानी गर्दा र किरान पसलले समान दिएको पाइएमा समेत जनही पाँच हजार रुपैया जरिवाना समेत तोकेका छन् ।

Leave a Reply