काठमाडौं तराई मधेश दुर्तमार्गको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग ललितपुरको खोकनावासीले छलफल गरेका छन् ।ललितपुरको खोकना क्षेत्र भनेको त्यही ठाउँ हो, जहाँका स्थानीयहरुले बिभिन्न बहाना बनाएर बाटो बनाउनका लागि अवरोध गरेका छन् । किन बाहना भनियो भने, यो एक राष्ट्रिय आयोजना हो । यसमा नेपालीहरुको स्वार्थ छ । तराई मधेशका नागरिकहरुको भावना जोडिएको छ । एउटा सामान्य बिषयमा विवाद गरेर यो बाटो नै बन्नका लागि अवरोध सृजना गर्नु भनेको बाहना नै हो ।
यस्ता बाहना बाराको निजगढका स्थानीयहरुले गरे के होला अनि मकवानपुरका स्थानीयहरुले पनि गरे के होला ? नेपालीहरुमा एक खालको समस्या पनि छ ।काम गर्न गर्न नदिने अनि काम गरेर भनेर सरकारलाई गाली गर्ने ? यत्रो बाटो बनेको खण्डमा त फाइदा सबैलाई हुने होनि । भोलि खोकनाका स्थानीयहरु पनि त यही बाटो भएर तराई मधेश झर्नु नै पर्दछ । त्यसैले पनि व्यक्तिगत स्वार्थ भन्दामाथि उठ्नुपर्दछ ।
अब यो दीर्घकालिन महत्वको काम हो भनौं न आज प्रधानमन्त्रीको पदमा केपी ओली रहेको अवस्था छ भोलि अर्को आउला अनि संधै खोकनाको समस्या वा यो या त्यो कारण भनेर यस्ता राष्ट्रिय योजनाको काममा अवरोध नहोस् ।खोकनाबाट हुदैन भने जहाँ बाट भएपनि काम होस् । बाटो बनोस् । यसमा केपी ओलीको पनि भूमिका होस् बस् जनताले चाहेको कुरा यत्ति हो ।

















