काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकपमा पहिलो खेलमै जर्मनीलाई सत्ब्ध बनाएको एसियाली राष्ट्र जापान दोस्रो खेलमा कोस्टारिकासँग १–० ले पराजित भएको छ ।

अहमेद बिन अली स्टेडियममा आइतबार दिउँसो भएको खेलमा कोस्टारिकाले जापानलाई हराएर समूह ईमा पहिलो जित निकालेको छ ।

कोस्टारिकालाई पहिलो जित दिलाउन फुलर स्पेन्सले ८१औं मिनेटमा निर्णायक गोल गरे । पहिलो खेलमा स्पेनसँग ७–० को पराकिलो अन्तरले पराजित भएको कोस्टारिकाले पहिलो जितबाट ३ अंक जोडेको छ र अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।

दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक छ । अब समुहको अन्तिसम खेलमा जापानले स्पेनसँग खेल्नेछ भने कोस्टारिकाले जर्मनीसँग खेल्नेछ । यसै समूहमा रहेको स्पेन र जर्मनीबीच आइतवार मध्यराति खेल हुँदैछ ।

Leave a Reply