नेपाली काँग्रेस, जसले जति नै खेदो खनेपनि यो देशको पुरानो राजनीतिक दल हो । मुख्यतः आफू स्थापित हुनका लागि काँग्रेसले इतिहासको कयौं खण्डमा विभिन्न संझौता गरेको छ ।जस्तै २०१७ सालमा पनि तत्कालिन राजासँग एकखालको संझौता काँग्रेसले गरेकै हो । २०४६ सालमा पनि गरेकै थियो र २०६३ सालमा पनि गणतन्त्र ल्याउनका लागि माओवादीसंग संझौता गरेकै थियो । विभिन्न कालखण्डमा विभिन्न समूह, पार्टी वा संस्थासंग सहकार्य गरेर काँग्रेस नेपालको राजनीतिमा आजसम्म सक्रिय नै छ । जे सुकै भएपनि आफूलाई नेपालको पुरानो शक्ति बनाउनका लागि काँग्रेसले  भूमिका निर्वाह गरेकै छ ।
तर, अब काँग्रेस भने धेरेको विश्लेषणमा फुटको नजिक पुगेको छ । हुुन त काँग्रेसको अहिले एक पक्षले विशेष महाधिवेशन गरिरहेको छ र बुधबार मात्र नयाँ नेतृत्व चयन गर्ने कुरा गरेकाले यो बीचमा काँग्रेसलाई फुटबाट जोगाउनका लागि प्रयास होलान् तर यो भनेको काँग्रेस फुटको नजिक रहेको कुरा स्पष्ट हुन्छ । जसरी मिलाए पनि मिल्ने संभावना खासै देखिदैन र मिलेको खण्डमा पनि मन मिल्ने कुरामा धेरै शंका छ ।
किनभने नयाँ वा यु्वा पंक्तिले काँग्रेसभित्र पनि अर्थोक नै चाहेको अवस्था छ र जसमा काँग्रेसको संस्थापन पक्ष राजी हुने संभावना पनि देखिदैन । त्यसो त काँग्रेस पहिलो पटक फुट्न लागेको भने होइन । यसअघि काँग्रेस औपचारिक रुपमा विभाजन भएको इतिहास पनि छ । जे भएपनि नेपाली काँग्रेसमा विभाजनको बिउ रोपिएको छ अब यो यसै सकिन्छ कि मौलाउँछ यसको प्रतीक्षाको लागि भोलिसम्मको एक दिन नै काफि छ ।

Leave a Reply