राजन कुमार बानिया
पोखरिया,पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ गादी स्वास्थ्य चौकीमा मंगलवार निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ।तिलगंगा सामुदायिक आँखा अस्पताल हेडौडा,निचुटा सामुदायिक आँखा केन्द्र सेन्टरको प्राविधिक सहयोग तथा पटेर्वा सुगौली गाउँपालिकाको आयोजनामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको हो । शिबिरमा आएका बिरामीहरुलाई आँखाको औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
आँखा शिबिरमा १ सय २९ जना पुरुष र १ सय २५ जना महिला गरि जम्मा २ सय ५४ जनाको आँखा परीक्षण भएको थियो जसमध्ये ५१ जनामा मोतियाबिन्दु फेलापरेको वडा नम्बर २ का वडाअध्यक्ष बिजय गैरेले जानकारी दिनुभएको छ ।
शिबिरमाफेला परेका मोतियाबिन्दका बिरामीहरुलाई यहि ७ गते तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटामा निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ । आँखा शिबिरमा पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेशप्रसाद चौधरी, वडा अध्यक्ष बिजय गैरेलगायतको स्वसेवकहरुको सहभागिता रहेको थियो।
















