वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत रहेका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) शिव प्रसाद लम्सालको सरुवा भएको छ । लम्सालको अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा सरुवा भएको हो ।

२०८० वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत रहेका लम्साललाई गृह मन्त्रालयले मङ्गलवार अछाम जिल्लाको सिडिओका रूपमा सरुवा गरेको हो । एक वर्ष पुरा हुन् एक दिन बाँकी रहँदा उहाँको सरुवा भएको छ ।
लम्सालको ठाउँमा पर्सा जिल्लाको सहायक सिडिओ बनेर मन्त्रालयका उपसचिव खडानन्द खत्री आउँदै हुनुहुन्छ । यसअघि जिल्ला प्रशासन कार्यालय जाजरकोटको सहायक सिडिओका रूपमा कार्यरत रहेका खत्रीलाई गृह मन्त्रालयले वीरगञ्ज पठाउन लागेको हो ।यता अछामका सिडिओ शरदकुमार पोखरेल अनिवार्य अवकाशमा जान लाग्नुभएको छ । पेन्सन पट्ठा बनाउन सहजताका लागि उहाँलाई गृह मन्त्रालयमा ल्याइएको बुझिएको छ । पोखरेल जेठ ६ गते अवकाशमा जाँदैहुनुहुन्छ ।

Leave a Reply