राष्ट्रिय प्रजातन्त्र भन्ने पार्टी यो देशको संसदीय प्रक्रियामा सहभागी र संसदको पाँचौं ठूलो राजनीतिक दल पनि हो ।
वर्तमान संबिधान अनुसार चुनावमा भाग लिएर जनताले मत दिएपछि संसदको पाँचांंै ठूलो राजनीतिक दलको रुपमा अहिले यो पार्टी छ । लोकतन्त्रमा पार्टीका आफ्ना मान्यता र सिद्धान्त हुन्छन् र राजनीतिक माग राख्ने अधिकार सबैलाई हुन्छ । तर, त्यो जनताका माझमा गएर आफ्ना कुरा राख्ने हो जनताले मत दिए भने संबिधान संशोधन नै गरेर व्यवस्था उल्टाउने अधिकार सबैलाई छ तर सडकमा कुनै व्यक्तिका लागि भन्दै आन्दोलनमा उत्रनु यो अराजक क्रियाकलाप नै हो ।
अब ज्ञानेन्द्र शाह पनि व्यक्ति नै हुन् । अहिलेको संबिधानले उनलाई चिन्दैन । राणाहरु पनि यो देशमा लामो समय शासन गरेका थिए । राणाका पनि मानिस छन्, त्यही खालेको व्यवस्था चाहियो भन्नेहरु पनि होलान् तर सबैले चाहे अनुसारको व्यवस्था दिने कुरा हुदैन । सडकबाट माग्दैमा पाइने कुरा पनि होइन व्यवस्था । आइतवार राप्रपाले गरेको प्रदर्शन अराजक र सरकारलाई मात्र होइन परिवर्तन चाहनेहरुका लागि पनि जिस्काउने कुरा हो ।
उनीहरु कथाकथित राजा वा यो व्यवस्थाको पक्षमा भए भन्दैमा सबै उनीहरुको साथमा जानुपर्छ भन्ने कुरा हुदैन । अहिले नै राजसंस्थाको पक्षमा चैं बहुसंख्यक जनता छैनन् । फेरि यही संबिधान मान्ने, यही संबिधान अनुसार माननीय हुने अनि अझै एमालेहरुसंग तालमेल गर्ने र चुनाव जितेर आएपछि अनावश्यक फण्डा गर्ने राजनीतिक कार्य नभइ अराजक हर्कत हो । यो जात्रा मात्र हो ।
















