निजगढ,निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव राजेन्द्रबहादुर अर्यालको सोमवार नगर कार्यपालिका कार्यालयमा एक कार्यक्रमबीच स्वागत गरिएको छ ।उपसचिव अर्यालले कार्यालयमा पदभार ग्रहण गरेपछि निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, कार्यपालिका सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटासहित कार्यालयका कर्मचारीहरुले फूलको माला लगाएर स्वागत गरेका थिए ।
पदभार तथा स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले नगरपालिकाको स्रोत र साधनल भ्याएसम्म नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउन कर्मचारीहरुले दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको थियो ।

निजगढ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत उपसचिव युवराज आचार्यको सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ३ वैशाख २०८२ गतेको निर्णय अर्याललाई निजगढमा पठाएको हो । नगरपालिका कार्यालयमा हाजिर भएको २ साता पनि बित्न नपाउँदै मन्त्रालयले आर्चायको गरेको थियो ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत कान्ति बाल अस्पतालमा कार्यरत अर्यालसंगैधादिङ्गको धुनीबेसी, निलकण्ठ रपाल्पाको तानसेन नगरपालिकालगायत अन्य स्थानीय तहमासमेत प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेको अनुभव छ ।

Leave a Reply