बाराको जीतपुरबाट एक नाबालक बेपत्ता भए ।दुखद कुरा उनको लामो खोजीपछि पनि जिवित भेटाउन सकिएन र उनको शव फेला परेको छ । परिवारका लागि यो अहिले पीडाको कुरा हो । अहिले मात्र नभइ संधै यसले पीडा त देला नै र स्थानीय प्रशासनलाई पनि सुरक्षा चुनौती भयो । कुनैपनि नागरिकको जीवन रक्षा गर्नु प्रहरी प्रशासनको कर्तब्य हो तर यहाँ कसैको केही कारणले मृत्युभइहाल्यो भने त्यसको सिधा आरोप प्रहरी वा शान्ति सुरक्षामाथि देखाउने गरिन्छ नै ।

तीन बर्षीय बालकको मृत्युको कारण अहिले सार्वजनिक भएको छैन तर उनको मृत्युभएको छ । हत्या भयो वा अनायास मृत्युभयो भन्ने बिषयमा त पछि पुष्टी होला तर यस्तो खालको घटनाहरु फेरि समाजमा नदोहोरियोस् भनेर सबै पक्ष सचेत र संवेदनशील बन्न भने जरुरी छ । घर परिवारका सदस्यहरुले पनि साना बालबालिकाहरुको ख्याल राम्रो .संग गर्नु पर्दछ । हुनत आफ्नो बालबालिकाको मायाँ कसलाई हुन्न होला तर अलि कति कही न कतै अभिभावकहरु पनि चुकेको देखिन्छ ।
यस्ता अबोध बालकहरुले केही पत्तो पाउदैनन् ।

एकछिन कतै हराए भने उनीहरुले फर्किएर आउने बाटो नचिन्ने भएकाले पनि उनीहरुको साथमा एकजना जिम्मेवार अभिभावक हुन आवश्यक छ । कतै छलिए भने उनीहरु फर्कने संभावना कम रहन्छ । यो कुरा सबै अभिभावकहरुले बुझ्न जरुर छ अनि मान्छे हराएको प्रन्ध दिनसम्म पनि पत्तो नलगाउने नेपाल प्रहरीको संयन्त्र गज्जब खालको छ । प्रहरीको संयन्त्रले पनि काम गरेको देखिदैन । जे भएपनि यस्ता घटनामा दुबै पक्ष सहज हुन जरुरी छ । कमजोरी सबैतिरबाट हुन सक्छ यस्ता घटनाबाट पाठ सिक्न सबैले जरुरी छ ।

Leave a Reply