नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अहिले विश्वको शक्तिशाली देश अमेरिकामा हुनुहुन्छ । विश्वमा मानवताको पक्षमा वकालत गर्ने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएको हो । प्रधानमन्त्री अमेरिका जानु मात्र ठूलो कुरा होइन । बरु प्रधानमन्त्रीले त्यो कार्यक्रममा उठाउने विषय चैं महत्वपूर्ण कुरा हो । अमेरिकामा गए पनि त्यहाँका सरकार प्रमुखसंग नेपालका प्रधानमन्त्रीको भेट हुने संभावना नहोला ।
भारतका प्रधानमन्त्रीसंग भने भेट हुने कुरा आएको छ ।
भारतीय प्रधानमन्त्रीसंगको भेट त्यत्ति धेरै ठूलो कुरा पनि होइन । भारत त हाम्रै छिमेकी देश हो । ऊसंग त यसैपनि भेट हुनसक्छ तर पनि त्यहाँ भेट भएपनि त्यो राम्रो पक्ष नै भयो तर विश्व सामु भने नेपालले जलवायु परिवर्तनको असरको बारेमा जोडतोडले नै कुरा उठाउनु पर्दछ । जलवायु परिवर्तनको असर भोगिरहेको नेपाल यो विषयमा यसै पनि निर्दोष छ । जलवायु परिवर्तन सम्बन्धि समस्यामा नेपालको योगदान न्यून छ ।
गल्ती अरुले गरेका छन् र त्यसको सजायँ नेपाली जनताले पाइरहेको अवस्था छ । त्यसैले पनि सरकारकोतर्फबाट मात्र होइन नेपाली जनताकोतर्फबाट प्रधानमन्त्रीले सभामा यो विषयलाई जोड तोडका साथ राख्नुपर्दछ । हुन त नेपालले राखेको कुरामा सुनुवाइ हुने शंभावना पनि कमै होला तैपनि सरकारले आफ्नो कुरा राख्नुपर्दछ र जलवायूू परिवर्तन र वातावरण प्रदूषण न्यूनीकरणको सवालमा नेपालकोतर्फबाट खबरदारी आवश्यक छ ।

Leave a Reply