वीगन्ज,वीरगन्जस्थित नारायणी अस्पतालमा स्थापना भइरहेको अक्सिजन प्लान्टको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले अनुगमन गर्नुभएको छ ।

पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बिमल श्रीवास्तवको संसदीय कोषको रकम सहयोगबाट स्थापित अटोमेटिक अक्सिजन प्लान्टको नगरप्रमुख सरावगीले सोमबार अनुगमन गर्नुभएको हो ।

अनुगमनको क्रममा नगरस्तरीय कोषको ५० लाखको लागतमा वायरिंग तथा पाईप जडान गर्ने सरावगीले बताउनुभएको छ । त्यसैगरी मेयर सरावगीले नारायणी अस्पतालको आकस्मिक कक्षको पनि अनुगमन गर्नुभएको छ । सो अवसरमा निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्रबहादुर प्रधानलाई अस्पतालको कामकारवाहीलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिनुभएको छ । आकस्मीक कक्षमा चरम लापरबाही र ढिलासुस्ती देखिएको हुँदा यथाशीघ्र व्यवस्थित बनाइ प्रभावकारी रुपमा सेवा प्रवाह गर्न नगरप्रमुखले निर्देशन दिएको मेयर सरावगीका स्वकीय सचिव पिन्टु उपाध्ययले बताउनुभयो । अनुगमन टोलीमा वीरगन्ज महानगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौला, सांसद श्रीवास्तवको संसदीय कोष हेर्ने चन्दन मिश्रा लगायत रहनुभएको थियो ।

Leave a Reply