चार महिनापछि पुनः मतदान गर्न पाउने भाग्यमानी मतदातामा बाराको निर्वाचन क्षेत्र नम्बर २ का जनता पनि पर्दछन् । अबको करिब एक सातापछि बारा २ मा फेरि मतदान हुदैछ । अहिले बारा २ मा चुनावी माहौल छ । त्यसो त बारा २ सहित देशको जम्मा तीनवटा निर्वाचन क्षेत्रमा बैशाख १० मा निर्वाचन हुन लागेको हो । बारा २ का निवर्तमान सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि बारा २ मा उपनिर्वाचन हुन लागेको हो ।अहिले बारा २ मा चुनावी माहौल चलिरहदाँ त्यही क्षेत्रका मतदाताहरुको भावनामाथि खेलवाड पो गरिदैछ कि भन्ने आशंका उत्पन्न भएको छ । यो निर्वाचन क्षेत्रमा ३ दर्जनभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । उनीहरु निर्वाचनमा भाग लिन पनि पाउछन् तर मतदाताहरुलाई अपमान वा भ्रमित बनाउने अधिकार भने कसैलाई पनि छैन ।यो क्षेत्रका मतदाताहरुलाई लक्षित गरी बिभिन्न हल्ला फैलाएको पाइन्छ । यहाँका मतदाताहरु पैसामा बिक्छन् भनेर आरोप समेत लगाउने गरेको सुनिन्छ । त्यसैगरी यस क्षेत्रका मतदाताले जातीयताको आधारमा मतदान गर्छन भन्ने पनि हल्ला फैलिएको छ । यसरी पैसा र जातिको कुरा उठाएर हल्ला चलाउनु एक किसिमले मतदातमाथिको गम्भीर अपमान हो । मतदातहरुका बिषयमा यस्तो हल्ला फैलाउने अधिकार कसैलाई पनि छैन । बास्तवमा मतदाताहरु सार्वभौम अधिकार सम्पन्न हुन्छन । र उनीहरुले आफ्नो विवेको प्रयोग गरेर मतदान गर्न पाउनुपर्छ । चुनावको मुखमा आएर मतदाताहरुलाई सम्मान गरिनुको साटो यसरी अपमान गर्नु लोकतन्त्र र जनादेशमाथिकै अपमान हो ।

Leave a Reply