आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ कचोर्वा नयाँ बजारमा किसान नेता एव जनकवि हरिहर यादवको १९ओैं स्मृति सभा शनिवार सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिव एव मधेस प्रदेश ईन्चाज लिलामणी पोखरेलले हरिहर यादवले किसान आन्दोलन सुरु गर्ने क्रममा राणाशाही, सामन्ति र जमिन्दारहरुले किसानहरुलाई होच्याएर ‘रे’ भन्ने गरेकोमा त्यसको विरोधमा आन्दोलन शुरु गरेको बताउनुभयो । नेता पोखरेलले यादवले ‘रे’ नही ‘जी’ कहो आन्दोलन गरेको पनि स्मरण गर्नुभयो ।यादवले समाजिक परिवर्तन, जातीय बिभेद, समाजिक रुपान्तर, धर्म जाती र सांस्कृतीको नाममा मानिस माथीको शोषण विरुद्ध आन्दोलन चलाई किसानलाई जागरूक बनाउनु भएको पोखरेलले बताउनुभएको थियो ।माओवादी केन्द्रका स्थानीय नेता सुरेन्द्र यादवकोको अध्यक्षतामा भएको स्मृति सभाका वक्ताहरुले आफ्नो विचारमार्फत नेता यादवले समाजको परिवर्तनमा पु¥याउनुभएको योगदानको बारेमा चर्चा गरेका थिए ।कार्यक्रममा माओवादी केन्द्रीय सदस्य प्रहलाद बुढाथोकी, मधेस प्रदेशका पूर्वगृह मन्त्री भरत साह, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, माओवादी केन्द्रका केन्द्रीय सदस्य अलिल श्रेष्ठ, नेकपा एमालेका महानरायण प्रसाद यादव, नेपाली कांग्रेसका रामबिलास यादव, रामएकवाल प्रसाद यादव, जनमत पार्टीका सिताराम नेपाली, माओवादी नेता श्यामकिशोर यादव, भोजेन्द्रप्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।सो अवसरमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले जनकवि हरिहर यादवले रचना गर्नुभएको गीत र यादवको स्मरणमा प्रस्तुत गर्नुभएको थियो । गायक बच्चाप्रसाद यादवले जनकवि यादवको स्मृतिमा सांस्कृतिक गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो ।जनमत पार्टीको बारा जिल्ला अध्यक्ष रामबाबु श्रापले स्वागत गर्नु भएको यो स्मृति सभाको सञ्चालन नेकपा एमालेका रामेश्वर यादवले गर्नुभएको थियो ।नेकपा माओवादी कचोर्वाको आयोजना तथा नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीको सहयोगमा भएको यो कार्यक्रममा स्व. नेता यादवको किसान आन्दोलनमा साथ दिनुहुने तीन जनालाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here