सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुलाई विद्यार्थीहरुसँग उठाउँने शुल्कको विवरण पठाउन माग गरेको छ ।गत आर्थिक बर्षमा उठाएको शुल्कको विवरण र चालु आर्थिक वर्षमा उठाउँने शुल्कको विवरण पठाउँन पत्र लेखेर निर्देशन दिएको छ । उपमहानगरपालिकाको शिक्षा महाशाखाले सबै संस्थागत विद्यालयहरुलाई पत्र लेखेर बैशाख ५ गते सम्ममा बिवरण पठाउँन भनेको छ ।साथै उपमहानगरपालिकाले एक तहमा अध्ययनरत विद्यार्थी अर्को तहमा सोहि विद्यालयमा जाँदा भर्ना शुल्क नलिन नगर प्रमुख राजन पौडेलले अनुरोध गर्नुभएको छ । उहाँले नियम अनुसार छात्रबृत्री प्रदान गर्न बिद्यालयहरुलाई अवगत गराउँनुभएको छ ।अन्य विद्यालयबाट आएका बिद्यार्थीहरुलाई प्रमाण पत्रको अधारमा भर्ना लिन र अनुमती प्राप्त कक्षा सम्ममा मात्र भर्ना लिन जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

Leave a Reply