पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ लामिडाँडा निवासी स्व.मोतीलाल श्रेष्ठको १३औं दिनको पुन्यतिथिको अवसरमा नेकपा (एमाले) १८ नम्बर वडा कमिटीले श्रेष्ठ परिवारको निजी निवासमा सोमवारश्रद्धाञ्जलीसभा आयोजना गरेको छ ।

नेकपा एमालेका नेता एवं बारा क्षेत्र नम्बर ३ (१)बाट निर्वाचित प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेल, एमाले परवानीपुर गाउँपालिका कमिटीका नव निर्वाचित अध्यक्ष राम यादव, एमाले जीतपुरसिमरा नगरकमिटी सदस्य गोपीकृष्ण खतिवडाले बोलेका थिए । यस्तै कार्यक्रममा युवराज लुईटेल, नारायण घिमिरे, निर्मलकुमार यादव, विमलराज भारती, कमला न्यौपाने, विन्दा न्यौपाने, कुमार लामा लगायत स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य श्रेष्ठले स्व. मोतीलालश्रेष्ठको निधनबाट पार्टीले एकजना बलियो संरक्षक गुमाएको बताउनुभयो । प्रदेशसभा सदस्य श्रेष्ठले भन्नुभयो, “उहाँ सँधै एमाले बलियो होस् भन्ने चाहनुहुन्थ्यो । जनताका सपना एमालेले मात्रै पुरा गर्न सक्छ भन्ने लागेर जीवन पर्यन्त उहाँले एमालेलाई मात्रै सहयोग गर्नुभएको उहाँले बताउनुभयो । २००६ साल श्रावण २१ गते जन्मिनुभएका स्व. मोतीलाल श्रेष्ठ २०४६ सालबाटै एमाले पार्टीमा संगठित हुनुभएको थियो ।सुगर, प्रेसर र दम सम्बन्धि स्वास्थ्य समस्या भोग्दै आइरहनुभएकाश्रेष्ठको गत चैत्र २० गते घरमै निधन भएको थियो । स्व. श्रेष्ठका पत्नि, दुई छोरा, चार छोरी र नातीनातीना छन् ।

Leave a Reply