नेपाली काँग्रेसको महाधिवेशन लगभग सकिएको छ । गएको हप्ताबाट शुरु भएको कांग्रेसको महाधिवेशन सोमबारसम्म आउदा लगभग सबै प्रकारकाको मत गणना सकिएको छ । कांग्रेस नेपालको सबैभन्दा पुरानो पार्टी मध्यको एक हो । यसो भएकाले पनि कांग्रेसबाट आमनागरिकहरुले अपेक्षा गर्नु स्वभाविक पनि हो । नेपालको राजनीतिक परिवर्तनमा काँग्रेसको निक्कै ठूलो भूमिका छ ।

पार्टीको नेतृत्वमा युवा र नयाँ पुस्ताले प्रवेश पाएनन भनेर चर्को आलोचना खेप्दै आएको बेलामा कांग्रेसमा युवा र नयाँ व्यक्तिहरुले विजय हासिल गरेका छन् । पाँच वर्षका लागि उनीहरु चुनिएका छन् । त्यसैले पनि उनीहरुबाट थप आशा हुनु स्वभाविक पनि हो । यो पार्टीमा नयाँ व्यक्तिहरु आएका छन् ।

युवा पुस्ता पनि आएका छन् । उनीहरुको काँधमा भने पार्टी बनाउने जिम्मा छ । पार्टीमा देखिएको गुटउपगुट अन्त्यका लागि पनि युवा पुस्ताको भूमिका अति आवश्यक छ । उनीहरुले राम्रो भूमिका निर्वाह गरेको खण्डमा कांग्रसमा गुटउपगुट अन्त्य हुन सक्दछ ।

 

Leave a Reply