निजगढ,निजगढ नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जयराम कुँवर र वडा कार्यालयका सचिव सोमसिंह लामाले आफनै खर्चमा बिहिबार स्थानीयलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्नुभएको छ । वडा नम्बर ४ को बिचीटोलमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो । सोही अवसरमा स्थानीयलाई कोरोना भाइरसबाट बच्ने उपाय र स्वास्थ्य सुरक्षा बारेमा स्थानीयलाई जानकारी गराइएको थियो ।
अध्यक्ष कुँवर र वडा सचिव लामाले स्थानीयलाई २ सय थान माक्स, ८० थान सेनिटाइजरलगायतका सामग्री वितरण गर्नुभएको हो ।