डुमरावना,चाडपर्व नजिकिदै गर्दा बजारमा उपभोग्य सामग्रीको मूल्य भने आकासिदै गएको छ । मूल्य वृद्धिले उपभोक्ताहरु भने मारमा परेका छन ।
किसानले उत्पादन गरेको अन्नको मूल्यको तुलनामा उद्योगीहरुले उत्पादन गरेको सामानको मूल्यमा ठूलो मात्रामा वृद्धि भएपछि सर्वसाधारणहरु मारमा परेका हुन ।
नेपाल उद्योग बाणिज्य संघ प्रदेस दुईका अध्यक्ष गणेशकुमार लाठले बजार भाउ नियन्त्रण नहुनुको करण भन्सार कार्यालय जिम्मेवार रहेको जनाउनु भएको छ । बजार मूल्य समायोजन गर्न सरकार, राजनीतिक दल र करपोरेट व्यपारीहरुमा नै समस्या रहेको भन्दै उहाँले यसबाट तल्लो वर्गका व्यापारीहरुले आरोप खेप्नु परेको बताउनुभयो । व्यापारीले बैकको कर्जा तिर्न ढिला गरेमा सरकारले कालो सूचीमा राख्ने, जरिवाना तिराउने तर व्यपारीको डुबेको लगानीमा सरकारले कुनै जिम्मेवारी बहन नगरी कानुनको हवाला दिएर कारबाही गर्ने प्रवृति गलत भएको लाठको भनाइ छ ।