विद्यार्थीहरुको हकहितका लागि भन्दै प्रत्येक सरकारी कलेज सहित सामुदायिक कलेजहरुमा स्ववियु गठन गर्ने परिपाटी छ । क्याम्पसहरुमा विद्यार्थीहरुको हकहितका लागि भन्दै यो संगठन बनाउने परिपाटीको बिकास भएको हो । र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मात गर्दैै निर्वाचनको माध्यमबाट स्ववियुको गठन हुने गरेको छ ।यही संगठनको आधारमा नेपालका कतिपय नेताहरुले भने राम्रै अवसर पनि पाएका छन् । बिपी र गिरिजा कोइराला सहित उहिलेका र अहिलेका धेरै नेताहरुको राजनीतिक धरातल पनि यही संगठन बनेको छ ।तर, नेपालमा पछिल्लो समय स्ववियु निर्वाचन नभएको लामो समय भएको थियो । विद्यार्थीहरुको अधिकार वकालत गर्ने संगठन नेतृत्व बिहिन हुँदा कलेजहरुमा समस्या पनि थियो तर कतिपय कजेलमा चुनाव भएपनि मधेस प्रदेशको ठूलो क्याम्पस ठाकुराराम क्याम्पसमा भने निर्वाचन नहुँदा फेरि बेतिथि बढ्ने संभावना देखिएको छ । ठाकुरराममा हालको लागि स्ववियु निर्वाचन रोकिएको छ ।जे कारणले निर्वाचन रोकिएको भएपनि त्यो गलत हो । निर्वाचन गराउनका लागि विद्यार्थी संगठनहरुको पनि भूमिका उत्तिकै रहन्छ । क्याम्पस प्रशासनको त छदैछ । निर्वाचनको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रनु पर्ने अवस्थाको सृजना हुनु आफैमा बिडम्बनाको कुरा हो । तत्काल ठाकुराराम सहित देशभरका रोकिएका कलेजमा स्वबियु निर्वाचन हुन आवश्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here